१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो ।

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उनले भने, “सडकअनुसार फरकफरक किमिमको मर्मत चाहिन सक्छ ।”सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए । सामान्यतया सडक निर्माण गरिएको पाँच/छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन् ।

स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् । गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ । यसको लागत झण्डै रु आठ अर्ब रहनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]