सप्तरी – आएल कातिक मास हो भैया,सामा लेल अवतार, चिठि लए कए जैहे रेहजमा नैहर हमर…, डाला ल बहार भेली बहिनो से मनिसा बहिनो, अजय भैया लेल डाला छिन सुनु राम सजनी . भन्ने मैथिली गित अहिले मिथिलान्चलमा चारैतिर गुनगुनाई रहेका छन ।
भाई बहिनीबीचकोे अमर पे्रम प्रतिकको रुपमा परिचित रहेको समाचकेवा पर्व मिथिलान्चलमा भव्य रुपमा मनाइएको छ । अगामी सात्ता हुने सामाचकेवा पर्वका लागि अहलिेदेखि नै ब्रतालुहरु त्यसको तयारीमा लागिपरेकी छिन । भाइ बहिनी बीचको अजर अमर प्रेमको गुनगाण तथा चुग्ली गर्ने (कुरालगाउने)हरु लाई दण्डित गर्ने यो पर्व परापूर्वकालदेखि चल्दै आएको सप्तरीको साबिक बरही बिरपुर हाल छिन्नमःता गाउँपालिका वडा न.१ कि अनिता यादव बताउँछिन ।
उनका अनुसार करिब तीन हजार वर्ष अघि भारत वर्षको गर्भ देशमा एउटा किसान र आदमबती नाम गरेको सेन वंशीय राजा रानी राज्य गर्दथे । उनीहरु का साम्ब नाम गरेको छोरा र सामा नाम गरेकी छोरी थिए । ती दुबैको बीचमा भाई वहिनिको प्रगाढ प्रेम सम्बन्ध रहदै आएको थियो । चुरैठले सामासँग विवाहको प्रःताव राख्दा सामाले गालामा थप्पड हिर्काएको निहुँमा बुवाले बनवासको सजाय सुनाउँछन् । यता सामा निर्दोष रहेको थाहा पाएपछि पति र भाइले घर फर्किन आग्रह गर्दछ ,तर एउटै आमाको कोखबाट सँगै जन्मिने वचन दिएपछि बहिनी सामा वनबासबाट घर फर्किन राजी हुन्छे ।
यता राजमहलमा भारदारीसभा डाकी दुष्ट भारदार चुग्ला चुरैठको कालो करतुत थाहा पाएर राजाले उसलाई जागिरबाट निकाला समेत गरिएको कुरा धर्मगन्थमा उल्लेख रहेको जानकारहरु
बताउँछन् ।दाजुभाइको उन्नति प्रगतिको कामना गर्दै मनाईने यो पर्वका लागि समाचकेवासहितका मूर्तिहरु बनाउन तथा हरेक राति डालामा लिएर खेल्न जाने गरेको ब्रतालुहरु बताउँछिन । खासगरी तराई मधेशका महिलाहरुका लागि यो एकदमै महत्वपूर्ण पर्वहो, त्यसैले घरायसी कामधन्दालाई समेत बिर्सेर सामाचकेवाको खेल्ने गरेको व्रतालु महिलाहरुको कथन छ । हाम्रो समाजमा महिला दिदी बहिनीहरुलाई गलत दृष्टिले हेर्ने तथा चुग्ली गर्नेहरु विरुद्ध खबरदारी गर्ने पर्व भएकोले महिलाहरुले यो
पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएको सप्तरीको साबिक नकटी रायपुर हाल रुपनी गाउँपालिका १ की शान्ति देवी यादवको भनाई छ ।
कार्तिक शुक्लपक्ष चौथी तिथिका दिन माटालाई मुछेर सामा, चकेवा, बृन्दावन, चुग्ला, सतभैंया, भमरा, वनतितिर, ढोल पीपही बजाउने सहितका माटाको मूर्ति बनाईने गरिएको उनी बताउँछिन् । बाँसको नयाँ डालामा राखेर घर भन्दा अलि टाढा खुला ठाउँमा लगी प्रत्येक राति सामाचकेवा सम्बन्धी गीत गाउने र रमाईलो गर्नै परम्परा रहदैआएको बताउँदै उनी भन्छिन कार्तिक शुक्ल पूर्णिमाका राति गाउँ टोलका महिलाहरु रंगरोगन गरिएको मूर्तिहरु डालामा लिई एकै ठाउँमा भेला भएर चुग्लाको दाह्रीजुँगामा आगो लगाईन्छ यता दाजुभाई श्रीसम्पति बृद्धिको कामना गरिन्छ भने सामाचकेवालाई भोजन गराई परम्परागत गीतहरु गाउँदै औपचारिक रुपमा बिदाई सहित समापन गरिन्छ ।
त्यःतै कातिर्क पूर्णिमाको दिन बहिनीहरुले आ आफनो दाजुभाइलाई घरमा आउनको लागि निमन्त्रण्ाँ दिई उक्त कलात्मक माटोको मुर्तीह?लाई जोतिएको खेतमा गई समा चकेबा पर्वको बिसर्जन गर्ने गरिन्छ । उक्त अवसरमा बहिनीह?ले भाइलाई च्युरा, दही, मिष्ठान, सख्खर भोजन गराउने गरिन्छ भने दाजुभाईले पनि कोसेली तथा पैसा दिने गरिन्छ । मिथिलाञ्चलको लोकजीवनसंग सम्बन्धित रहेको समा चकेबाको बारेमा पद्मपुराण,ः कन्धपुराण तथा कन्धपुराणमा विःतृतमा उल्लेख गरेको पाइन्छ । मिथिलाञ्लमा सदियौदेखि मनाउर्दै आएको लोकपर्व समाचकेवालाई तराईमा दिनप्रतिदिन भइरहेको
हत्या हिसा अपहरण बलत्कार लगायतका हिंसात्मक क्रियाकलापले नकारात्मक प्रभाव
पार्दै गएको पाइन्छ ।