काठमाडौं – मेयर कप भेट्रान्स फुटबल प्रतिस्पर्धामा त्रिभुवन आर्मी भेट्रान्स क्लबलाई हराउँदै झापा भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल प्रतिस्पर्धामा आर्मीलाई २–० गोल अन्तरले हराउँदै झापा भेट्रान्स फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिम बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा भने झापाले दोस्रो दुई गोल प्रहार गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
झापाका तर्फबाट कप्तान भेषराज लिम्बूले ४७ औँ मिनेटमा र श्यामकुमार गोलेले ६० औँ मिनेटमा एक एक गोल गरेका थिए ।