०९ मंसिर २०८१, आइतबार
wait Please...

रबि शर्मा

शुक्रबार, कार्तिक १९, २०७८

सप्तरी – सप्तरीको हनुमाननगर कङ्‌कालिनी नगरपालिकामा अवस्थित हनुमान मन्दिरमा बुधबार तिहार छठलाई लक्षित गरि स्थानिय बजरँग दल युवा कमिटिले सरसफाई कार्यक्रम अायाेजना गरेका छन ।
हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर ७ मा हनुमान मन्दिर पर्दछ । स्राेतका अनुसार वर्तमान हनुमाननगर प्राचीन हनुमानगढीको नामले समेत चिनिएकाे थियाे । वि.सं.२००० अघि हनुमाननगर नै सप्तरी जिल्लाको सदरमुकाम रहेकाे थियाे । नरहा भन्ने स्थान कोसीकटानमा परेपछि हनुमानगढीको जंगल फडानी गरी त्यहाँका अड्डाहरू सारिए । व्यापारिक प्रयोजनका लागि बत्तीस कोठी नामको भवन निर्माण गरियो । जंगल फडानी गर्ने क्रममा भगवती, शिव र हनुमानका मूर्तिहरू भेटिए । मूर्ति भेटिएको स्थानमा छुट्टाछुट्टै मन्दिरहरू निर्माण गरी पूजा(अर्चना गर्न थालियो । काटान्तरमा कोसीको बाढी हनुमानगढीमा पनि उर्लियो । बाढीबाट भगवती मन्दिर जोगाउन सकिएन, शिवलिङ्ग भने हनुमान मन्दिरमा ल्याई राखियो ।

गढी भन्नाले राजाको दरबार भन्ने बुझिन्छ । तर त्यति बेला गढीको कुनै वस्तु फेला परे नपरेको ज्ञात हुन सकेको छैन र त्यसको पुरातात्विक खोजी पनि भएको छैन । त्यसैले सायद हनुमानगढीलाई हनुमाननगर कायम गर्दा तत्काल कुनै प्रतिवाद नभएको हुन सक्छ। हनुमान मन्दिरको वर्तमान संरचना स्थानीय समाजसेवी सीताराम काबराले बनाउनुभएको हो । सह(प्राध्यापक दासको शब्दमा मन्दिरको निर्माण सभा मण्डपयुक्त शिखर भएको दक्षिण भारतीय शैलीमा गरिएको छ । मन्दिरभित्र चिल्लो कालो प्रस्तरमा वीरासन श्री हनुमान स्थापित रहेकाे छ ।

कालो शालिग्राम पत्थरबाट निर्मित मूर्ति यस मन्दिरको अर्को विशेषता हो । स्व. मुक्तिनाथ मण्डलले आफ्नो सप्तरी दर्पण नामक पुस्तकमा विक्रमादित्यको उज्जैन र हनुमानगढीको बाहेक कालो शालिग्राम पत्थरका हनुमान मूर्ति संसारमा अन्यत्र नरहेको उल्लेख गर्नुभएको छ।

साेहि प्राचिन मन्दिरमा युवाहरु द्वारा सरसफाई कार्यक्रम सम्पन्न भएकाे हाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]