१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक २४, २०७८

एजेन्सी – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधवार उनलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । शर्मा भारत भ्रमणमा छन् ।

शर्मालाई राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो सम्मान प्रदान गरेका हुन् । शर्मा मंगलबार भारतको नयाँदिल्ली पुगेका थिए । नेपाली सेनाको नेतृत्व समालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

मंगलबार साँझ शर्माले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखको बीचमा मानार्थ महारथीको सम्मान दिन प्रचलन रहिआएको छ । भारतीय सेनाका प्रमुख नरवणेले २०७७ कात्तिक २१ मा काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।

शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने १५ औं सेनापति हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]