फाईल फोटो
नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरूको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरूले अरू ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरूले बिहीवार जानकारी दिएका छन् ।
त्यसैगरी बन्दुकधारीहरूबाट अपहरणमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरूले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरूको यो सङ्ख्या गत अक्टोबर २९ देखि गत बिहीबारम्मको हो । राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरूलाई निस्तेज पार्दै गएको दाबी गरे ।
सुरक्षाकर्मीहरूले हवाई आक्रमण समेत गरेका थिए । उनीहरूले आपराधिक तथा हिंसात्मक गतिविधिका विरूद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् । रासस