सप्तरी – गर्भनिराेधक चक्किकाे सहि सुचना नपाँउद यस्काे दुरुपयोग बढदै गएकाे छ ।
आकस्मिक रुपमा प्रयाेग हुने पिल्स चक्किकाे बिवाहित महिला भन्दा अबिवाहित महिलामा यस्काे प्रयाेग बढदै गएकाे हाे ।
जिल्लका अधिकासं अाैषधि पसलमा पिल्स चक्किकाे माग बढेको धर्मा फर्माका संचालक नवीन झाले बताए ।उनले भने अाैषधि पसलमात्र नभइ किराना पसलले पनि लिने गरेकाे छ ।
कस्ता वर्गमा पिलसकाे प्रयाेग बढि हुनछ ?
शहरिभेगमा मात्र नभएर ग्रामीण भेगमा यसकाे प्रयाेग अधिकतर रुपमा भइरहेको छ । शम्भुनाथ नगरपालिका वडा न ९ का देवकृष्ण राईका अनुसार हाल पिलसकाे माग १२- १५ वर्षका युवायुवतीले किन्न आउने गरेकाे छ । ह्रामाे पसलको नजिक वडा कार्यलय छ तर पिलस चक्काि एकै व्यक्ति पटकपटक किनन आउने गरेको छ ।यदि आवश्यक रुपमा सुरक्षिर रुपमा याैनसम्पर्ककाे बारेमा सहि सुचना र जानकारी दिएमा उनिहरुकाे मनाेबृतमा परिवर्तन आउने छ ।डाकनेश्वरी नगरपालिका वडा न ९ पत्थरगाडाका एक आैषधि पसल संचालक भन्छ नजिक विद्यालय छ तर त्यसै विद्यालयका बालबालिका पिल्स किनन निधर्क रुपमा आउने गरेकाे छ । नाम उल्लेख नगरिने सर्तमा उनले भने पिलस चक्कि आपतकालीन रुपमा गरिने गर्भनिराेधक साधन हाे तर बालबालिका यसकाे प्रयाेग नियमित रुपमा प्रयाेग गरिनेगरेकाे छ ।
सस्तोमा र सहज रुपमा पाइने गरेकाले नियमित प्रयाेग गरिने गरेकाे हाे ।पिल्स चक्किकाे प्रयाेग नियत गर्नाले भविष्यमा पाठेघरमा समस्या आउने चिकित्सककाे भनाइ छ । बि पि काेइराला स्वास्थ्य बिज्ञान प्रतिसठा धरानका स्त्री तथा प्रसुर्ति राेग बिसेसज्ञ डा मनाेज कुमार साहका अनुसार पिलसकाे नियमित प्रयाेगले अलपकालिन असर नदेखिएपनि दृर्घकालिनरुपमा टाउको दुखने,बाकबाकि लागने,रगत अलपता,र पाठेघरमा संकर्मन हुनसक्छ । याे साधन आपत्तिकालिन रुपमा हुनेगरेकामा यसकाे प्रयाेग नियमित रुपमा नगर्न नगराउन डा साहले आग्रह गरे । बिवाहित महिलाले एक दुई पटक गरेमा केही असर नदेखिएको भएपनि अबिवाहित महिलाको हकमा पिलसकाे प्रयाेगले बाझाेपनकाे सिकार हुनसक्छ । यस्तै प्रदेश २ का स्वास्थ निर्देशनालयका प्रमुख बिजय कुमार झाले पिलसकाे प्रयाेग बढदै गएको सुचना आफुहरुकहाँ आएकोले सचेतनाका कार्यक्रम लयाउने जानकारी दिए ।
सप्तरीमा दैनिक सरदर एउटा अाैषधि पसलवाट ४-५ वटा पिलस बिक्री हुँदै आएको छ । जिल्लामा हाल ४०० अाैषधि पसल संचालनमा रहेको जिल्ला जन स्वास्थय प्रमुख दुनियालाल यादबले जानकारी दिए ।