०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक २७, २०७८

संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो ।

त्यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पहल गरिरहेको जनाएका छन् । तर, शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ गर्न माग गरिएको छ ।यसअघि पनि संयुक्त राष्ट्रसंघले मानवीय सहायताको काममा खटेका उसका कर्मचारीलाई अवरोध नगर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघले इथियोपियाली सरकारलाई यो आग्रह गरेको भए पनि सरकारले सुनेको छैन ।

इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका ट्रकहरु पनि इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो ।यसै हप्ताको सुरुमा ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले प्रवक्ताले माग गरेका छन् ।संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फराह हकले शुक्रबार पनि विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गरेका हुन् । उनले संयुक्त राष्ट्रसंघका नौ जना कर्मचारी यसअघि नै र शुक्रबार थप एकजनालाई इथियोपियाली सरकारले नियन्त्रणमा लिएको बताए ।

इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समयमा निकै समस्यामा परेको छ । टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो । संयुक्त राष्ट्रसंघले त्यहाँ पठाएका ती सामग्री र कर्मचारीहरु सबै इथियोपिया सरकारले नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले त्यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन् ।

इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]