१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर ०३, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले हस्तकला निकासी गर्दै विदेशी मुद्राको आय–आर्जनबाट मुलुकको आर्थिक घाटा न्यूनीकरण हुने विश्वास व्यक्त गरे । हस्तकला क्षेत्रमा देखिएको करसम्बन्धी समस्यालाई सहजीकरण गर्ने उनले । उनले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानूकल परिष्कृत गर्दै अघि बढाउनुपर्ने धारणा राखे ।

यही मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकलालगायत विभिन्न वस्तुका करिब १२० स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत समेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]