०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०४, २०७८

सप्तरी – उद्योग बाणिज्य संघ सप्तरीकाे राजविराजमा नयाँ नेतृत्व चयनको लागि आज मतदानमा १ हजार १ यस ६६ मत पोलिङ्ग भएको छ ।
राजविराज स्थित केअ माविको प्राङ्गणमा विहान १० बजेदेखि सुरु भएको मतदान साँझ ४ बजेसम्म मतदान सकिएको थियो । अध्यक्षसहित १४ पद चयन गर्न मतदानमा कुल १ हजार ३ सय २२ मतदाता रहेको संघमा १ हजार १ सय ६६ जनाले मतदान गरेका थिए ।
निर्वाचन समितिले मतगणना राति ९बजे बजेदेखि गणना सुरु गर्ने गरी तयारी थालिएको छ ।
१४ पदका अध्यक्ष दासको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् । सो प्यानलबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो प्यानलबाट महिला सदस्य पदमा साधना दास रहेका छन ।
यता लालुप्रसाद अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् । सो प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो। साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहाल रहेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]