काठमाडौं – अमेरिकाको एक बिद्यालयमा एक बिद्यार्थीले गोली प्रहार गरी ३ बिद्यार्थीको हत्या गरेका छन् । घटनामा एक शिक्षक सहित ६ जना घाइते भएका छन् ।
मिशिगन राज्यको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीले कक्षा सञ्चालन भइरहेको बेला अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । घटना लगत्तै ती छात्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मारिनेमा एक छात्र र दुइ छात्रा रहेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गर्दै शोक सन्तप्त परिवार प्रति सम्बेदना प्रकट गर्नुभएको छ ।