सप्तरी ,८ भदौ ।
महन्त हत्याको विराेधमा बिश्व हिन्दु परिषद नेपाल सप्तरीद्वारा ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत रौतहटको माधव नारायण नगरपालिका वडा न. २ खेसरहिया बजार स्थित रहेका हनुमान मंन्दिरका महन्त श्रीराम दास काे हत्यारालाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।
महन्त दासलाइ अज्ञात समूहले खाना खाई रहेको अबस्थामा अज्ञात समूहले गोलि हानी हत्या गरिएको घटनालाई अभिलम्व छानबिन गरि हदै सम्मको कार्वाही गर्न र सन्तलाई सहिद घोषणा गर्न माग गर्दै साे ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौलाई ज्ञापनपत्र बुझाएको बिश्व हिन्दु परिषद नेपाल सप्तरीका अध्यक्ष राम किशुन साहले जानकारि दिनुभयाे । जिल्ला प्रशासन कार्यालय सप्तरिमा ईमेल माध्यमले ज्ञापनपत्र समेत बुझाइएकाे अध्यक्ष साहले जानकारि दिनुभयाे ।