कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केही बेरअघि नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा भने केही बेरपछि हेर्न मिल्नेछ ।
‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ । सिष्टमा अपलोड हुँदैछ, केही समयमा हेर्न मिल्छ,’ उनले भने ।
बोर्डका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ‘ए’ ग्रेड ल्याएका बोर्डले जनाएको छ ।
त्यस्तै, ‘बी’ प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । ‘बी’ ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् ।
७५ हजार ८८ जना परीक्षार्थीले ‘सी’ प्लस ग्रेड ल्याएका बोर्डले जनाएको छ । ‘सी’ ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् ।
‘डी’ प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने ‘डी’ प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले ‘इ’ ल्याएका बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।