०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २८, २०७८

सप्तरी – प्रदेश सरकार को महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिक रुप ग्रहण गरेको छ ।

उप पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लाल बाबु राउत ले विश्वविद्यालय को कार्यालय उदघाटन गरेपछि कृषि विश्वविद्यालय ले औपचारिक रूप ग्रहण गरेको हो।
उद्‌घाटन समारोह लाई सम्बोधन गर्दै पूर्व उपप्रधान मन्त्री यादवले ८० प्रतिशत जनता कृषि मै आधारित रहेको हुदा कृषिलाई आधुनिकी करण गर्न प्रदेश सरकार ले कृषि विश्वविद्यालय स्थापना गरेको बताउनु भयो ।

यस विश्वविद्यालय बाट उत्पादन हुने दक्ष जनशक्ति ले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै प्रदेश बाट गरिवि र बेरोजगारी न्यूनिकरण गर्न ठुलो मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भयो ।कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री राउतले दक्ष जनशक्ति उत्पादन नभए सम्म प्रदेश को विकास सम्भव नरहेकाले कृषि विश्वविद्यालयको स्थापना गरिएको बताउनु भयो ।पदक्ष जनशक्ति उत्पादन गर्ने सिटिईभिटि प्रदेश सरकार मातहत हुनु पर्ने भए पनि संघीय सरकार ले हाल सम्म हस्तान्तरण नगरेको हुदा प्रदेश सरकार विश्व विद्यालय का साथै प्राविधिक शिक्षा बोर्ड समेत स्थापना गर्ने प्रक्रियाशुरु गरि सकेको बताउनु भयो ।

बिना शिप वैदेशिक रोजगारीमा जाने युबा हरुको पिडा बाट प्रदेश सरकार अबगत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउत ले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेश सरकार ले आत्मनिर्भर र रोजगार मुलक प्रदेश बनाउने प्रयास अगाडी बढाएको बताउनु भयो। विश्व विद्यालयको कुलपति समेत रहनु भएका मुख्यमन्त्री राउतले विश्व विद्यालय संचालनका लागी प्रदेश सरकार हर सम्भव प्रयासरत रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।उक्त अवसरमा मुख्यमन्त्री राउतले नवनियुक्त उप कुलपति डा. वैद्यनाथ महतोलाई पद तथा गोपनियताको सपथ समेत गराउनु भएको थियो ।

सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमा मा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधी सभा सदस्य डा. सूर्य नारायण यादव, प्रदेश सभा सदस्य मनिष सुमन, राजविराजका मेयर शम्भु यादव सहितले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]