०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ११, २०७८
Sorry No Photo is selected hare

काठमाडौँ – दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ । टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले लन्डनको किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए ।

अल्पसंख्यक श्वेतहरुबाट दक्षिण अफ्रिकामा हुँदै आएको रंगभेदी शासन विरोधी नेल्सन मण्डेला जतिकै टुटुको आवाजलाई महत्त्वपूर्ण रुपमा लिने गरिएको थियो । रंगभेदी शासनको अन्त्यपछि टुटुलाई सत्य तथा मेलमिलाप आयोगको प्रमुख बनाइएको थियो ।

दक्षिण अफ्रिकाका सबै जातका मानिसले उनलाई राष्ट्रिय आस्थाको रुपमा लिने गरेका थिए । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

मण्डेलासहित नेताहरु जेलमा रहेको समयमा टुटुले विभिन्न देशको भ्रमण गर्दै आफ्ना धारणा राख्ने गरेका थिए । चर्चको नेतृत्वमा रहेको भूमिका र नोबेल पुरस्कार प्राप्त गरेपछि उनको रंगभेद विरोधी आवाज विश्वव्यापी भएको थियो । उनले दक्षिण अफ्रिकाका अश्वेतहरुको जीवन तथा कथाहरुलाई आफ्ना प्रवचनहरुमा उठाउने गरेका थिए ।

टुटु श्वेत रंगभेदको मात्रै नभएर अश्वेत राजनीतिक सम्भ्रान्तको पनि चर्को आलोचना गर्देथे । पछिल्लो समयमा उनले वास्तविक ‘इन्द्रेणी’ राष्ट्रको सपना पूरा हुन नसकेको बताउने गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]