सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा संचालित भगत पेट्रोल पम्पका मालिक रंजित भगत सवारी ज्यान मुद्वामा पक्राउ परेको छ ।
सवारी ज्यान मुद्दामा बुधबार भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुईसाता अगाडि भगतले चलाएको मोटरसाइकलबाट ठक्कर लागेका घाईतेको निधन भएपछि प्रहरीले उहाँलाई बिरेन्द्र बजारस्थिति घरैबाट नियन्त्रणमा लिएका छन् ।पेट्रोल पम्मका मालिक भगत ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा छ ।
भगतलाई सवारी ज्यान मुद्दामा नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहले बताउनु भयो । उहाँलाई अदालतबाट सात दिनको म्याद थप गरि सवारी ज्यानमुद्दा चलाएको डिएसपी सिहंले जानकारी दिनु भयो । भगतको सवारी चालक अनुमतिपत्र समेत नभएकोले कानुन बमोजिमको कारबाही हुने प्रहरीले जनाएको छ ।