०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १८, २०७८

काठमाडौं – अमेरिकाको न्यूयोर्कमा गायक राजेश पायल राईमाथि भएको हातपातको चौतर्फी विरोध भएको छ । अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा भएको कार्यक्रममा गायक राईमाथि भएको हातपातप्रति नेपाली अमेरिकन कलाकार संघले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

संघकी अध्यक्ष निशा सुनारले राईमाथिको हमला सिंगो संगीत क्षेत्रमाथिको आक्रमण भएकाले निकृष्ट र निन्दनीय कार्य गर्ने जोसुकैलाई कडा कारवाहीको माग गरेकी छन् । त्यस्तै किराँत राई सोसाइटी अफ अमेरिकाले पनि घट्नाप्रति आक्रोश ब्यक्त गर्दै आयोजकले घटनाको जिम्मा लिनुपर्ने माग अघि सारेको छ । सोसाइटीले दोषीलाई कडा कारवाही गर्दै आयोजक समितिले सम्बन्धित कलाकारसँग माफी माग्नुपर्ने माग पनि गरेको छ ।

स्टेजमा गीत गाइरहेका राईमाथि अचानक एक ब्यक्ति स्टेजमा उक्लिएर पछाडिबाट अंगालोमा लिएर लडाउन खोजेका थिए । राईलाई दुर्व्यवहार गर्ने ती व्यक्ति पासाङ दावा शेर्पा रहेको बताइएको छ ।

भिडियोमा राईलाई लछारपछार गर्दै गरेको देखिन्छ । बुद्ध ट्याक्स एकाउन्टिङद्वारा आयोजना गरिएको कार्यक्रममा हातपातको घटनापछि पनि गायक राईले केही घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।

सो क्रममा गायक राईले आफू हार्न र भाग्न नजानेको प्रतिक्रिया दिएका थिए । प्रस्तुतिका क्रममा उनले भने, ‘अगाडिबाट आएको ज्वालामुखी पनि सहन सक्छु, पछाडिबाट आएको अंगालो पनि स्वीकार्य छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]