सप्तरी – बक्सिङमा ‘ब्याडेस्ट म्यान अन दि प्लानेटको’ उपमा पाएका ५४ वर्षका माइक टाइसनको खेल पहिलेजस्तै आक्रमक देखिएको छ।
१५ वर्षपछि पहिलोपटक रिङमा फर्किएका टाइसनले सहयोगार्थ खेलका लागि अर्का स्टार बक्सर ५१ वर्षका रोय जोन्स जुनियरसँग शनिबार राति प्रतिस्पर्धा गरेका थिए।आठ राउन्डको खेल प्रति राउन्ड २–२ मिनेटले खेलाइएको थियो। खेल अवधिभर टाइसनले आफ्नो दबदबा कायम गरेका थिए।यद्यपी उनले रोय जोन्सलाई नकआउट भने गर्न सकेनन्। रोय जोन्सले भने रक्षात्मक खेल खेलेका थिए।
जजहरुले ८ राउन्डको खेललाई अन्तत बराबरी भएको घोषणा गरेका थिए। टाइसनले खेलपछि आफू खेल ड्र (बराबरी) भएपनि खुशी भएको बताएका थिए।रोय जोन्सले भने टाइसनको हरेक प्रहारले शरीर दुख्ने बताएका थिए।दुवै आफ्नो समयमा उत्कृष्ट बक्सरबीचको यस भिडन्तलाई चासोका साथ हेरिएको थियो। मानिसहरुले यस खेल हेर्न बेग्र रुपमा प्रतिक्षा गरिरहेका थिए।यस खेलमा दर्शकहरुले टाइसनले नकआउट हेर्न चाहेका थिए। यद्यपी खेलपछि दुवैको खेल उत्कृष्ट भएको चर्चा चलिरहेको छ।खेल जीवनबाट लामो समययता सन्यास लिएका दुवै बक्सरले पाको उमेरमा बक्सिङ खेल्नुको उद्देश्य विशेष अभियानलाई सहयोग पुर्याउनु रहेको थियो।अमेरिकामा पछिल्लो समय रंगभेदी आन्दोलन चर्किएको छ। प्रहरीले काला जातिमाथि ज्यादती गरेको आरोप लाग्ने गरेको छ।
यसबीचमा काला जातिको अभियानमा रकम संकलन गर्न यो खेल आयोजना गरिएको थियो। यस खेल औपचारिक बेल्टको लागि थिएन।