१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

रुपनी – कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज स्तरोन्नति कार्यको थालनी गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम प्रदेश धेरै सम्भावना बोकेको स्थान भएको भन्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सजिलो हुने बताउनुभयो ।

रनवे २५ सय मिटर र राजमार्गबाट विमानस्थल आउने सडक चार लेनको बनाउन उहाँले सुझाव दिनुभयो । २०३० सालदेखि २०५६ सालसम्म सञ्चालनमा रहेको विमानस्थल बन्द भएपछि फेरि सुरु गर्न प्रयास थालिएको हो । त्यसका लागि तत्काल विमानस्थलको रनवे, ट्याक्सी–वे, एप्रोन लगायतका पूर्वाधार बनाइने छ ।

तीन वर्षमा बनाइसक्ने गरी ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा पहिलो चरणको काम ठेक्का सम्झौता गरिएको आयोजनाका निर्देशक मुरारी भण्डारीले जानकारी दिनुभयो ।

दोस्रो चरणमा भने टर्मिनल भवन, सुरक्षा भवनसहितका पूर्वाधार निर्माण गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]