सप्तरी – जिल्ला प्रशासन कार्यालय सप्तरी ,जिल्ला प्रहरी कार्यालय समुदाय प्रहरी साझेदारी कार्यक्रम, तिलाठी कोईलाडी गाउँ पालिका ,स्वास्थ्य कार्यालय राजविराज र सप्तरी युथ नेपाल समेतकाे संयुक्त आयोजनामा अाज माक्स बितरण कार्यक्रम सम्पन्न भएकाे हाे।
सप्तरीमा कोरोनाको तेस्रो लहरले आक्रान्त बन्दै गइरहेकोमा मघ्ये नजर गर्दै आज सप्तरी जिल्लाको सिमा नाका कुनैली बोडर नजिक हेल्थ डेक्कस संचालन र उक्त बजारमा मास्क बितरण गरेको छ ।
सप्तरी जिल्लाको दक्षिण भागमा रहेको कुनैली बजारमा ५ सय भन्दा बढी जनसमुदायलाई तिलाठी कोईलाडी गाउँ पालिका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा तथा सप्तरी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम प्रमुख आतिथ्यमा प्रहरी उपरीक्षक अबी नारायण काफ्ले, शसस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, स्वास्थ्य प्रमुख दुनिया लाल यादव ,नागरिक समाजका थानसिंङ भंसाली ,जेष्ठ नागरिक शंकर शारदा समुदाय सेवा केन्द्र राजविराज अध्यक्ष हित नारायण दास, सप्तरी युथका अमर यादव,ु लगायत बिभिन्न संघ संस्थाहरूको उपस्थितिमा सक्रियतामा हाथ सेनिटाईज गराई मास्क बितरण गरिएको छ ।
कोरोनाको अवस्था सप्तरीमा बढ्दै गर्दा पनि यहाको बजार एरियामा भिडभाड भै रहदा बिना मास्कको मानिसहरुको हिडडुल भईरहदा जिल्ला प्रशासन कार्यालय सप्तरी र बिभिन्न संघ संस्था हरूको उपस्थिति मा मास्क अभियान र हेल्थ डेक्कस सँचालनमा ल्याएको छ ।
स्थानीय जन प्रतिनिधि र स्थानीय बासिन्दाहरूको सहयाेगमा अाज बिहिबार कार्यक्रम सम्पन्न भएको हाे । उक्त कार्यक्रमबाट स्थानियहरु खुसी ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा तिलाठी कोईलाडी गाउँ पालिका अध्यक्ष सतिश सिंहले गाउँपालिका मा अक्सिजन सहित १५ बेडको, कोरोनाको तेस्रो लहर बाट बाच्न आईसोलेसन बनाउने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।