०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

काठमाडौँ – काठमाडौं उपत्यकाको ललितपुर महानगरपालिकाका ८ र काठमाडौं महानगरपालिकाका १९ स्थानबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

माघ ४ गतेदेखि माघ ६ गतेसम्म ललितपुर महानगरपालिकाभित्रका अस्पतालहरूबाट अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलन सरसफाइकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरूलाई बुस्टर डोज दिन थालिएको हो ।

खोप बिहान १० बजेदेखि ४ बजेसम्म दिइने सूचनामा उल्लेख छ । त्यस्तै काठमाडौंका पनि विभिन्न १९ स्थानबाट बुस्टर डोज दिइँदै छ । बुस्टर डोज खोप लगाउनका लागि यसअघि लगाएको खोपको कार्ड पनि साथमै लिएर जानुपर्ने छ ।

ललितपुर महानगरमा बुस्टर डोजका लागि तोकिएका केन्द्रहरू:
१. सर्वांग अस्पताल,कामदेवस्थान

२. स्टार अस्पताल, सानेपा

३. सुमेरु सिटि अस्पताल, पुल्चोक

४. अल्का अस्पताल, खरिबोट

५. निदान अस्पताल, पुल्चोक

६. बि एण्ड बि अस्पताल, ग्वार्को

७. मेडिसिटी अस्पताल, नख्खु

८. सुमेरु अस्पताल, धापाखेल

काठमाडौंमा बुस्टर डोजका लागि तोकिएका केन्द्रहरू:
१. सशस्त्र प्रहरी बल अस्पताल‚ बलम्बु

२. सहिद मेमोरियल अस्पताल‚ कलंकी

३. वीरेन्द्र सैनिक अस्पताल‚ छाउनी

४. लोट्से भवन‚ नयाँ बसपार्क

५. नेपाल प्रहरी अस्पताल‚ महाराजगन्ज

६. त्रिवि शिक्षण अस्पताल

७. वीर अस्पताल

८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल‚ टेकु

९. बयोधा अस्पताल‚ बल्खु

१०. प्रसूति तथा स्त्रीरोग अस्पताल‚ थापाथली

११. निजामती अस्पताल‚ नयाँ बानेश्वर

१२. एपेक्स पोलिक्लिनक‚ जडिबुटी

१३. काठमाडौं मोडल अस्पताल‚ प्रदर्शनीमार्ग

१४. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल‚ सामाखुसी

१५. जनमैत्री अस्पताल‚ बालाजु

१६. नर्भिक अस्पताल‚ थापाथली

१७. शुभेच्छा अस्पताल‚ सीतापाइला

१८. नोबेल अस्पताल‚ सिनामंगल

१९. ग्रान्डी अस्पताल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]