०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०५, २०७८

सप्तरी – मधेस आन्दोलनकाे क्रममा सहिद,घाइते र अपाङ्ग परिवाराई उचित व्यवस्थापन गरि सम्मानमा सबै नेताले एउटै शब्द दाेह्याये, सहिद परिवारकाे भरणपोषणकाे जिम्मेवारी लिने छ । चाैथाे बलिदानि दिवसकाे अवसरमा मधेसी प्रतिस्ठानद्वरा आयाेजित कार्यक्रममा मधेस प्रदेशका जसपा नेताकाे सहिद तथा घाइते परिवारकाे भरणपोषणकाे जिम्मेवारी लिने बताए ।

जिल्ला समन्वय समिति सप्तरीमा बुधबार आयाेजित कार्यक्रममा मधेस प्रदेशका मुखयमन्त्रि लालबाबु राउतले भने मधेशकाे पहिचान स्थापन गर्नमा वीर सहिदकाे याेगदान स्मणयाेग्य छ । उहाँहरुकै कारण मुलुकमा सघंयता र मधेश प्रदेश नमाकरण गर्नमा सफल भएका हाै उनले भने ।

सहिद बलिदानकाे उच्च कदर गर्दै प्रदेशमा ५ ठाउँमा सहिद पार्क निमार्ण हुनेछ ।सहिद परिवारकाे उचित व्यवस्थापन गर्नका लागि जागिर गर्ने व्यवस्था र जागिर गर्न नचाहने परिवारलाई मासिक २१ हजार दिनेगरि परिवार भरणपोषण कार्यक्रम छिटै संचालनमा लयाउने मुख्यमन्त्रि राउतले जानकारि दिए ।यसैगरी मुख्यमन्त्रि राउतले प्रहरी ऐन संसाेधन भइसकेको अवस्थामा संघले प्रहरी समायोजन अहिलेसम्म नगर्दा हामीले ५० प्रतिसत महिला सहभागी गराउन नसकेको स्विकार गरे । प्रहरी समायोजन भए जातीयका अधारमा प्रहरी भर्ना हुने छ । हामीले धेरै काम गर्न खाेजेका छाै तर कानुनीय जटिलताले समस्या उत्पादन भइरहेको मुखयमन्त्रि राउतले भने ।

बलिदान कार्यक्रममा ५७ सहिद परिवारलाई मधेश प्रतिस्ठानले नगद तिनलाखकाे चेक हस्तान्तरण मुखयमन्त्रि राउतले दिएका थिए ।मधेसी प्रतिस्ठानका अध्यक्ष भरत साहकाे अध्यक्ष्तामा आयाेजित कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह , राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव,प्रदेश सांसद तथा जसपा नेता चन्द्रकानत चाैधरी , मनिस सुमन,राजेश राई लगायतले मन्तव दिएका थिए । यसअघि पार्टीद्वरा मात्र हुने बलिदान दिवस यसपटक मधेस प्रदेश नमाकन पछि पहिलोपटक सप्तरीमा सरकारीतवरबाट आयाेजना भएकाे हाे । २०६३ मा अन्तिम समबिधान जलाएपछि उतपन्न मधेसी पहिचान आानदाेलले २०६४ माघ ५ लहानमा सहिद रमेश महताेकाे सहादतपछि आानदाेलनले नयाँ उचाइ लिदै मधेशकाे पहिचान अन्तर्राष्ट्रिय बनेकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]