सप्तरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने दाबी गरेका छन् ।
चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटलको सोमबार शिलन्यास गर्दै मन्त्री भट्टराईले भने, ‘नेपालको पर्यटन क्षेत्र कोरोनाका कारण सुनसान रहेपनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।’कोरोना संक्रमणको अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उनको विश्वास छ । अहिले घरमा भएका मानिस कोरोनाको भ्यासिनसँगै घुम्न नपाएर बसेका हरु नसोचेको ढंगबाट भ्रमणमा निस्कने उनले आँकलन छ । नेपालीमा समेत परिवारसहित खर्च गरेर घुम्न जाने प्रचलन स्थापित भएकाले यसले पनि पर्यटन विकासमा ठुलो टेवा पुग्ने उनले बताए । ‘हामीले २०२१ लाई आन्तरिक पर्यटनको रुपमा जोड गर्ने लक्ष्य बनाएका छाँै ।’ उनले भने । बन्द पर्यटन क्षेत्र खुला गर्दै अन्तराष्ट्रिय उडान खुकुलो बनाउदै लगेको उनले बताए ।
‘हामीसँगै प्रकृति र संस्कृति छ यसलाई दक्ष जनशक्ति उत्पादन गर्दै यहीबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो’, उनले भने, ‘२०२२ मा नेपालको पर्यटकीय गतिविधिमा आँधिबेरीनै आउँछ, पुरानो लय भेट्नेमात्र हैन, हैन यो क्षेत्र दौडन्छ ।’