सप्तरी – पछिल्लाे २४ घन्टामा देशभर थप १० हजार ३१९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
देशभर २१ हजार २०१ नमुनाकाे परीक्षण गरिएकाे थियाे ।
यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९ पुगेको छ।
यसैगरी दुई हजार ५४० जना निकाे भएका छन्।
हाल देशभर ८२ हजार ५५० सक्रिय संक्रमित रहेका छन् ।