काठमाडौँ – ललितपुरको बागमती गाँउपालिका कृषि विकास शाखाले माटो परीक्षणको परिणाम सार्वजनिक गरेको छ । पुस २७ गते गाउँपालिकाको वडा न ४ प्युटारमा माटो परीक्षण गर्दा पि एचस् ६.५-७.५ औषतमा, नाइट्रोजन कम, फस्फोरस मध्यम र पोटास अधिक रहेको पाइएको जनाएको छ ।
यसैगरी कम्पोष्ट मल धेरै सुकाएर र कम मात्रामा प्रयोग गरिएको, सिफारिस गरिएको मात्रामा रसायनिक मलको प्रयोग नगरेको, वाली चक्र पद्धति नअपनाएको तथा सिंचाइको असुबिधा आदिले माटोमा हुनुपर्ने तत्वहरूमा केही असन्तुलिन देखिएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी वाली उपचार तर्फ केरामा ओइलाउने रोग, गोलभेडामा निमाटोड, तोरीमा लाही किरा साथै खुम्रे र रातो कमिलाको नमुना बढी समस्या आएको पनि पाएको छ । सोही अनुसार किसानलाई परामर्श तथा आवश्यक सुरक्षित विषादी निशुल्क बितरण गरिएको पनि कृषि शाखाले जनाएको छ ।
माटो परीक्षण शिविर बागमती गाउपालिकाको आयोजना साथै बाली उपचार शिविर र पशु स्वास्थ्य शिविर सहास नेपालले आयोजनामा सम्पन्न भएको थियो ।