०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १७, २०७८

सप्तरी – कोरोनाको तेस्रो लहरका बीच भारतका फिल्म हल खुल्ने भएका छन् । हल खुल्ने भएपछि धेरै फिल्म फेब्रुअरी महिनामा रिलिजमा आउन लागेका छन् । जसमा अभिनेत्री आलिया भट्टको ‘गंगुबाई काठियावाडी’देखि राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ सम्म रहेका छन् । यस्ता छन् फेब्रुअरीमा रिलिज हुन सक्ने फिल्म ।

‘बधाइ दो’ : सुपरहिट फिल्म ‘बधाइ हो’ को सिक्वेलको रुपमा निर्माण भएको हो ‘बधाइ दो’ । हर्षवर्धन कुलकर्णी निर्देशित फिल्ममा राजकुमार राव, भूमि पेडनेकर र चुम दराङ जस्ता कलाकारको मुख्य भुमिका छ । फिल्मको रिलिज ११ फेब्रुअरीमा तय भएको छ ।

गंगुबाई काठियावाडी : पटक पटक रिलिज मिति स्थगित हँुदै आएको फिल्म ‘गंगुबाई काठियावाडी’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ । सञ्जय लीला भन्साली निर्देशित फिल्ममा आलिया भट्टको मुख्य भूमिका छ । भट्टले फिल्ममा वेश्यालय मालिक मेडम गंगुको भूमिका निर्वाह गरेकी छिन् । पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्वीन्स अफ मुम्बईमा आधारित रहेर फिल्म निर्माण गरिएको हो ।

शाबास मिठु : तापसी पन्नु अभिनित फिल्म ‘शाबास मिठु हलमा रिलिज हुँदैछ । यो भारतीय महिला क्रिकेटर मिताली राजको जीवन र करियरमा आधारित फिल्म हो । ४ फेब्रुअरीमा रिलिज हुने यो फिल्ममा सृजित मुखर्जीको निर्देशन छ । राजले भारतीय महिला क्रिकेट टोलीको दुई विश्वकप – २००५ र २०१७ मा नेतृत्व गरेकी थिइन् । उनी २२ वर्षदेखि क्रिकेट खेलिरहेकी छिन् ।

खिलाडी : तेलुगु स्टार रवि तेजाको फिल्म ‘खिलाडी’ मा दोहोरो भूमिका छ । फिल्म फेब्रुअरी ११ मा रिलिज हुनेछ ।

हे सिनामिका : दुल्कर सलमान, अदिती राव हैदरी र काजल अग्रवाल अभिनित तमिल फिल्म ‘हे सिनामिका’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ ।

भीमला नायक : पवन कल्याण अभिनित तेलुगु फिल्म ‘भीमला नायक’ मा राणा दग्गुबतीको पनि अभिनय छ । फिल्म २५ फेब्रुअरीमा हलमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]