सप्तरी – मुआब्जा वितरण टुंग्याएर पुनर्बास पुनस्र्थापनाको काम तत्काल सुरु गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन सुरु गरेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका वासिन्दाले गोरखाको सिउरेनीटारस्थित बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइ कार्यालयमा धर्ना दिएका हुन् ।