०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २०, २०७८

सप्तरी – ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।

समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले बिहिबार हस्ताक्षर गरेका छन्।

ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका कलेजमा सञ्चालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्तिको व्यवस्था गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ।

ललितपुर महानगर र काठमाडौं विश्वविद्यालयको संयुक्त प्रयासमा शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष खडा गर्ने पत्रमा जनाइएको छ ।

साथै काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टसका कार्यक्रमबाट मौलिकता झल्कने कला संस्कृति, सम्पदाको जगेर्नाका निमित्त भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

ललितपुर महानगरमा रहेका सामुदायिक विद्यालयको वृत्तिविकास र शैक्षिक क्षमता विस्तारका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी योजना बनाउने उल्लेख छ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अनौपचारिक रूपमा काठमाडौं विश्वविद्यालयसँग महानगरले धेरै काम गरेको बताउँदै हस्ताक्षर कार्यक्रमले औपचारिक रुप अघि बढ्न मार्ग प्रशस्त गरेको बताए । उनले ललितपुर महानगरपालिकाको शैक्षिक क्षेत्रको उन्नयनका लागि यो सहकार्य महत्वपूर्ण हुने दाबी गरे । ‘काठमाडौं विश्वविद्यालयको एक्सिपटिजलाई महानगरको परिचय र गरिमा कला, संस्कृतिको खोज अनुसन्धानमा लगानी गर्न सकिन्छ,’ उनले भने।

समझदारी पत्रमा महानगरभित्रका विविध विषयमा दुई संस्थाले सहकार्य गर्ने उल्लेख गरिएको छ ।

विश्वविद्यालयका उपकुलपति भोला थापाले स्थानीय तहमा विशेष पहिचान बनाएको ललितपुर महानगरसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

स्थानीय तह र काठमाडौं विश्वविद्यालय एक अर्काका पुरक भएको बताउँदै शिक्षा स्थानीय तहको मातहतमा आएकाले स्थानीय तहले विश्वविद्यालयहरुसँग सहकार्य गरेर धेरै काम गर्न सक्ने बताए। अन्तर्राष्ट्रिय रुपमा इन्स्टिच्यूट अफ क्राफ्ट एण्ड डिजाइनको अवधारणा अघि बढिसकेको बताउँदै कला, संस्कृतिको जगेर्नाका लागि यस्ता इन्स्टिच्यूटको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले काठमाडौं विश्वविद्यालयले शिक्षालाई जीवनसँग जोडेको बताए। समाजको गतिशिलता अनुसारका जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले भने, ‘दुई संस्थाबीच व्यवस्थित र प्रणालीबद्ध रुपमा काम गर्नका लागि यो कार्यक्रम आयोजना गरेका हौं।’

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्मा, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्रा.डा.बालचन्द्र लुइँटेल, काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट डीन प्रा.डा.देविप्रसाद विडारी, काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टसका का.मू डीन एक्कुमाया पुनको उपस्थिति थियो।

समझदारी पत्रमा उल्लेख भएका कार्यक्रम कार्यान्वयनका लागि महानगरको तर्फबाट महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्का, र काठमाडौ विश्वविद्यालयको तर्फबाट एसोसियट डीन सुजन चित्रकार समन्वयकर्ताको भूमिकामा रहेन समझदारी पत्रका उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]