सप्तरी – हाइभोल्टेज खेलका रुपमा लिइएको पेरिस सेन्ट जर्मेन र रियलको खेलका लागि नेयमार अझै फिट हनु सकेका छैनन् ।
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिडसँगको खेलकालागि फिट हुन स्टार फुटबलर नेयमारलाई समय भन्दा अगाडी दौडनु परेको छ ।
हाइभोल्टेज खेलका रुपमा लिइएको पेरिस सेन्ट जर्मेन र रियलको खेलका लागि नेयमार अझै फिट हनु सकेका छैनन् ।
पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्ना तीन मुख्य स्ट्राइकरलाई सो खेलमा खेलाउन पाउने संभावना कम देखिएको छ ।
किनकी नेयमार प्रशिक्षणमा सहभागि भएपछि अझै फिट हुन सकेका छैनन् ।
तर नेयमारले आफ्ना समकक्षीसँग आफु फिट भएको बताएका छन । जसका कारण उनलाई शुक्रबार राति हुने रेनेसविरुद्धको खेलका लागि टिममा भने राखिएको छैन ।
गत नोभेम्बरबाट नेयमारले चोटका कारण एक खेलपनि खेलेका छैनन् । उनी रियलविरुद्ध बेन्चमा भने उपलब्ध हुने संभावना रहेको छ ।