१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

सप्तरी – विद्यार्थी, किसान, मजदुरलगायत आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीसहितको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै विपन्न वर्गको उपचारमा विशेष ध्यान दिन माग गरेको हो । अनेरास्ववियूले स्वास्थ्य उपचार गर्न पाउनु हरेक नागरिकको जन्मसिद्ध अधिकार भएको र सोको जिम्मेवार राज्य बन्नुपर्ने बताएको छ ।स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको उदासीनता अनेरास्ववियूलाई कदापी स्वीकार्य नभएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कोरोना संक्रमणका कारण हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा राज्यले आर्थिक अभावका कारण उपचार गराउन नसकेका सर्वसाधरणलाई विशेष ध्यान दिनुपर्ने संगठनले माग गरेको हो ।

टिचिङ अस्पताल, वीर अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनलगायतका सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन अनेरास्ववियूले स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरेको छ । उसले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोपको अनिवार्य व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]