०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक माघ २८ गते (भोलि) बोलाइएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने सचिव ढकालले बताए ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन । गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजित आठौं महाधिवेशन २३६ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।

बिहीबार बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]