सप्तरी – अन्तर्राष्ट्रिय अपाङग्ता दिवसकाे अवसरमा अाज सप्तरी सहित मुलुकभरि विविध कार्यक्रममा गरि मनाइएको छ ।
साेहि क्रममा सेनिक श्रीमती सङघ काठमाडौंले सप्तरीका १२ जना अपांगता भएका ब्यक्तिहरुलाइ एक कार्यक्रमका बिच ब्लयाङकेट तथा ह्विलचेयर वितरण गरेका हुन । सप्तरीको खडक नगरपालिकाका अार एन चौधरी ,माे. सहिद ,अनिता मण्डल ,नरेन्द्र महताे ,दुखिलाल चौधरी ,ज्याेति कुमारि मण्डल ,रामअवतार मण्डल ,कलुरु चौधरी ,गजेन्द्र मेहता ,मरजिना खातुनलाइ साे सामग्री वितरण गरेका छन ।
सामाजिक अभियान्ता एव महिला नेतृ सुनिता साहकाे अध्यक्ष्ाता तथा सैनिक महिला सङघकि केन्द्रीय सदस्य सुप्रिया थापाकाे प्रमुख अातिथ्यमा अायाेजित साे सामग्री वितरण समाराेहमा युवा पत्रकार शुभ नारायण यादव , श्री भिम दल गणका सेनानि कुशल गिरि ,राजेन्द्र कार्की ,समाजसेवि डाक्टर सरद सिंह यादव ,बाेदे बसाइनका राम नारायण मण्डल लगायतकाहरुले अा अाफ्नाे धारणा राख्नुभएको थियाे । त्यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाकाे डाक्नेश्वरि नगरपालिकामा समेत बृहत् र्याली निकालेर मनाएकाे छ ।