०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – गैंडा मारेको मुद्दामा जेल सजाय तोकिएका फरार अपराधी १५ वर्षपछि पक्राउ परेका छन् । २०६२ असारको घटनामा दोषी ठहरिएका सुरज चौधरीलाई चितवन निकुञ्जको टोलीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

गैंडा मारेको आरोपमा चितवन निकुञ्जले उनीविरुद्ध सोही वर्ष असोज १२ गते मुद्दा दायर गरेको थियो । दुई वर्षपछि ०६४ पुस २० मा मुद्दा फैसला हुँदा उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।उनी बिहीबार बिहान राप्ती नगरपालिकाको वीरेन्द्रनगर, खुरखुरेबाट समातिएको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । ३६ वर्षीय चौधरीको घर पश्चिम चितवनको दिव्यनगरमा पर्छ । गैंडा मरेपछि तत्काल तीन जना पक्राउ परेकामा उनीहरूले चौधरीले गोली हानेको बयान दिएका थिए ।सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार चौधरी नेपाली सेनाका भगौडा सिपाही हुन् । साथीहरू समातिएपछि उनी भाग्दै र लुक्दै हिँडेका थिए । दिव्यनगरबाट उनी गुञ्जानगर र पछि खुरखुरे आएर बस्न थालेको अधिकारीले बताए । ‘परिवार सार्दै घरी कहाँ घरी कहाँ बस्ने गरेको बुझियो ।

यो बीचमा वैदेशिक रोजगारीका लागि कतार गएर तीनपटक आउ जाउ गरेको पनि खुलेको छ,’ उनले भने । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल गैंडासम्बन्धी मुद्दाका यस्ता फरार व्यक्ति एक सयको हाराहारीमा रहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]