धनगढी – कैलालीमा कुुटपिटबाट घाइते भएका युुवकको मृत्युु भएको छ । ७ फागुनमा भएको कुटपिटमा गम्भीर घाइते भएका भजनी नगरपालिका–९ का २५ वर्षीय बसन्त चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युु भएको जानकारी दिए ।
उनका अनुसार फागुन ७ गते राति ११ बजे स्थानीयको विवाहमा नाच्ने क्रममा विवाद हुँदा चौधरीमाथि एक समूूहले कुुटपिट गरेको थियो ।
उनको कैलालीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो । कुुटपिटमा संलग्नको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको डीएसपी जोशीले बताए ।