१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद गहिरिँदै जाँदा एक पक्षले हस्ताक्षर संकलन गर्ने अनि अर्को पक्षले काउन्टर बैठक बोलाउनेसम्मको परिस्थति सिर्जना भएको छ। सोमबार अध्यक्ष यादवले विज्ञप्ति निकालेर आउँदो १३ गतेका लागि कार्यकारणी समिति बैठक बोलाएका छन्।

तर, जसपामा आइतबारदेखि नै भट्टराई पक्षका नेताहरू पार्टीका केन्द्रिय सदस्यहरूको हस्ताक्षर संकलन गर्नेतर्फ लागेका छन्। अध्यक्ष यादवले केद्रीय समिति बैठक नबोलाएको भन्दै २५ प्रतिशत हस्ताक्षर संकलन गरेर केन्द्रीय समिति बैठक बोलाउन लागिएको भट्टराई पक्षको दाबी छ।

जसपामा २५ प्रतिशत केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेर केन्द्रीय समिति बैठक बोलाउन माग गरेमा पार्टी नेतृत्वले २१ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान छ।

पार्टीका आन्तरिक मुद्दालगायत अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको एमसीसीबारे जसपा अर्निर्णित रहेको गुनासो अघिल्लो हप्ता भट्टराईले यादवसँगको भेटमा गरेका थिए।

हुनत मंसीर, पहिलो हप्ता बसेको जसपा कार्यकारणी समिति बैठकमा यादव समक्ष पार्टीका नेताहरूले आफ्ना गुनासो राखेका थिए, त्यतिबेला आन्तरिक समस्याहरू सल्टाउन एक महीनाभित्र केन्द्रिय समिति बैठक गर्नुपर्ने माग उठेको थियो। तर यादवले राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै माघ दोस्रो हप्तासम्म बैठक बोलाएनन्, त्यसपछि जसपाभित्रको मतभेद चुलिँदै गएको थियो।

अघिल्लो हप्ता भटराई र यादवसहित जसपाका शीर्ष पाँच नेताहरू त्यही विवाद कसरी सल्टाउने भन्नेबारे छलफल गर्न बसेका थिए, तर शीर्ष नेताका पछिल्ला कदमले विवाद सल्टनुको साटो उल्टै गहिरिएको संकेत गर्छ।

भटराईसहित यादव र नेताहरू अशोक राई, महेन्द्र यादव र राजेन्द्र श्रेष्ठबीचको उक्त बैठकमा वरिष्ठ नेता राईलाई दोस्रो कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव भट्टराईले गरेको बताइएको छ। त्यस्तै, पार्टीभित्रका समस्याहरूबारे केन्द्रीय समितिदेखि विधायन सम्मेलनसम्म गर्नुपर्ने भट्टराई पक्षको माग छ। तर पार्टीको आन्तरिक विषयमात्रै नभएर राष्ट्रिय राजनीतिको मुख्य मुद्दा एमसीसीबारे पनि यादव मौन छन्।

जसपा नेपालका प्रवक्ता डम्बर खतिवडाले पार्टी अध्यक्षले १३ गतेका लागि कार्यकारणी समितिको बैठक बोलाउनु बोलाएको सकारात्मक विषय रहेको बताए। ‘‘केन्द्रीय समिति बैठकका लागि पनि कार्यकारणी समितिमा नै पहिला छलफल गर्नुपर्ने हुन्छ,’’ खतिवडाले भने,‘‘यसलाई हामीले सकारात्मक रुपमै लिएको छौं।’’

अध्यक्ष यादवले समसामयिक राजनीतिक परिस्थिती, स्थानीय तह निर्वाचन, पार्टीको विधान, एमसीसीलगायत विषयमा छलफल गर्न १३ गते कार्यकारणी समिति बैठक बोलाएको जनाएको छ। यस बैठकमा यादव पक्ष कसरी भट्टराई पक्षका कार्यकारणी समिति सदस्य नजराव सुवेदीले कार्यकारणी समिति बैठकमा सबै कुराहरूमा राम्रोसँग छलफल गरेर केन्द्रीय समिति बैठक राख्नुपर्ने र विधान अधिवेशनमा जानुपर्ने बताए।

तर, कार्यकारणी समितिबाटै अहिले पार्टीभित्र उठेका मुद्दाहरू थामथुम पार्ने रणनीतिमा यादव पक्ष रहेको छ। ‘‘कार्यकारणी समितिमा समस्या हल नभए मात्रै केन्द्रीय समिति बैठक बोलाउने कुरा हुन्छ’’ अध्यक्ष यादव निकट नेता योगेन्द्र राय यादवले नेपालभ्युजसँग भने, ‘‘हामीले सकेसम्म कार्यकारणी समिति बैठकबाटै नेताहरूले पार्टीमा देखिएको कुराहरूलाई सुुल्झाउन भने चाहेका हौं।’’

पार्टीभित्र नेताहरूको आ आफनो विचार र राय हुनु स्वभाविकै भएको बताउदै पार्टीले आवश्यता अनुसार बैठकहरू गरेर मतभेद सुुल्झाउने दाबी उनले गरे। जसपा नेपालको ५१ सदस्यीय कार्यकारणी समिति र ५ सय ७ सदस्यीय केद्रीय समिति छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]