सप्तरी – सप्तरीको राजगढ गाउँपालिकामा हुने बिकासिय कामप्रति स्थानीय असन्तुष्ट देखिएको छ ।
गाउँपालिका अध्यक्ष प्रमान्द यादवले कमिसनकाे लाेभमा आाफना आसेपासेलाई उपभोक्त बनाएपछि स्थानीय रुष्ट बनेकाे हाे। आफना मान्छे राखेर उपभोक्तवाट गरिने कामले कामभन्दा कार्यकर्ता पालने भाडाे बनाएको स्थानीय नेता ओम प्रकास यादवकाे आराेप छ ।
उनले भने नेपाल सरकारले मुलुक संघियतामा लगेसँगै स्थानीयले गाउँ गाउँमा सिंहदरवार पाए तर बिकासिय काममा चर्मरुपमा उठाउने कमिसनले उपभोक्त हैरान छदैछ अब भने गाउँपालिकाकाे गैरजिम्मेवारीपूर्ण रबैयाले स्थानीय दिक्क बनेकाे छ ।अबपनि गाउँपालिकाले आफनाे बिकासिय रणनीति परिवर्तन नगरेकाे खण्डमा हामी आन्दोलन जानुकाे बिकलप नरहला ।
जनताले राम्रो बिकास निर्माण खाेजेकाे हुनछ तर गाउँपालिका अध्यक्ष प्रमान्द यादवले आफ्नै गाउँकाे बिकास निर्माणमा नजरअनदार गरिरहेकाे छ । आफ्ना आसेपासेलाई उपभोक्त बनाएपछि के नै चाहियाे र ? त्यसकाे पछिल्लो उदाहरण हाे नर्घाे अन्धरीटाेलकाे आर सिसि ढलानकाे काम । राजगढ गाउँपालिकाकाे वडा न ३ मा पर्ने अन्धरीटाेलमा भइरहेको ढलानले जाे सुकैकाे काम गराइले कन्सरी तातला । गाउँपालिकाले कति बजेट दिएकाे,उपभोक्त समिति कसलाई बनाएको साे स्थानीयलाई कुनै जानकारी छैन । न त कुनै बाेड छ न त स्थानीयलाई काममा लगाएका छन ।
बाहिर बाहिरका मान्छे राखेर काम गराइरहेको छ । समान्यत आर सिसि ढलानमा ८ देखि ९ ईन्चिमा छड बाधनुपर्नेमा त्यो टाेलकाे ढलानमा १फिटदेखि २.५ फिटसम्म छड बाधिएका छन ,थप तस्बिरमा । बिहिवार संचारकर्मिकाे टाेलि जादाँ काममा काेहि भेटिएन ,स्थानीयसँग बुझ्न खाेजदा बजेटवारे अन्भिगय रहेकाे पाए । राजगढमा हुने बिकासिय कामबारे स्थानीयलाई कुनै जानकारी नदिइएको भन्दै स्थानीय चितरञ्जण यादवले समाजिक संजालमार्फत बिराेध जनाएको छ ।
उनले समाजिक संजालमार्फत स्थानीयलाई बिकासिय बजेटकाे पार्दसिता गरिनुपर्ने , उपभोक्त समिति काे काे हाे सार्वजनिक र काममा भइरहेको गुणस्तरहिन काम अभिलमव सच्याउन माग गरेकाे छ । नेता यादले आफुहरुले उठाएको माग समयमा नसच्चि गाउँपालिका बिरुद्ध उत्रिएने चेतावनी दिएकाे छ ।