०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण १४, २०७८

एजेन्सी – रुसले युक्रेनमाथि तेस्रो दिन पनि आक्रमण जारी राखेको छ भने युक्रेनी सैनिकसँगै नागरिक हतियार बोकेर प्रतिरक्षामा उत्रिएका छन्।

Ukrainian soldiers stand past a burnt Ukrainian army vehicle on the west side of the Ukrainian capital of Kyiv on February 26, 2022. – Ukrainian soldiers beat back a Russian attack in the capital Kyiv only hours after President Volodymyr Zelensky warns Moscow would attempt to take the city before dawn. (Photo by Daniel LEAL / AFP)


रुसले १२ फागुनदेखि युक्रेनमाथि आक्रमण गरिरहेको छ। रुसी सैनिक युक्रेनको राजधानी किइभ प्रवेश गरेका छन्। राजधानीका विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

An Ukrainian soldier walks through debris on the west side of the Ukrainian capital of Kyiv on February 26, 2022. – Ukrainian soldiers beat back a Russian attack in the capital Kyiv only hours after President Volodymyr Zelensky warns Moscow would attempt to take the city before dawn. (Photo by Daniel LEAL / AFP)


रुसी आक्रमणबाट क्षतिग्रस्त अपार्टमेन्ट क्षेत्रको दृश्य। तस्वीरहरू: एएफपी, एपी
रुसी सैनिकले शुरूआतमा युक्रेनी सैनिक क्याम्पलाई लक्षित गरेर आक्रमण गरेको भए पनि पछिल्लो समय भने आवासीय क्षेत्रमै आक्रमण गरिरहेको छ। रुसी हवाइ आक्रमणबाट राजधानी किइभका ठूलठूला भवन क्षतिग्रस्त भएका तस्वीर आएका छन्। केही स्थानमा अस्पतालमा पनि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।


रुसी सैनिक राजधानीमै प्रवेश गरेपछि अमेरिकाले युक्रेनी राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीलाई बाहिर जान सघाउने प्रस्ताव गरेको छ। त्यसलाई भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गरेका छन्। अमेरिकी नेतृत्वलाई ‘लडाइँ यहाँ भइरहेको छ’ भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘मलाई सवारी होइन, गोलाबारुद चाहिन्छ’ भन्ने जवाफ दिएको टाइम्सले लेखेको छ।

Smoke rise from an air defence base in the aftermath of an apparent Russian strike in Mariupol, Ukraine, Thursday, Feb. 24, 2022. Russian troops have launched their anticipated attack on Ukraine. Big explosions were heard before dawn in Kyiv, Kharkiv and Odesa as world leaders decried the start of Russian invasion that could cause massive casualties and topple Ukraine’s democratically elected government. (AP Photo/Evgeniy Maloletka)


युक्रेनी सेनालाई हतियार बिसाउन लगाएर राष्ट्रपति बाहिर गएको हल्ला चलेपछि उनले सडकमै ओलिएर भिडियो सन्देश जारी गरेका छन्। “हामी हतियार बिसाउने छैनौं, हाम्रो देशको रक्षा गर्नेछौं,” राजधानी किइभको सडकबाट शनिबार जारी राष्ट्रपतिको भिडियो सन्देशमा भनिएको छ, “हाम्रो हतियार नै सत्य हो। हाम्रो सत्य के हो भने यो हाम्रो भूमि हो, हाम्रो देश हो, हाम्रो सन्तति हो। र, हामी यी सबैको रक्षा गर्नेछौं।”

त्यस्तै, युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्को भने सर्वसाधारणसँगै हतियार बोकेर सडकमा उत्रिएका छन्। उनले सीएनएनसँग कुराकानी गर्दै देशको रक्षाका लागि नागरिकसँगै सडकमा उत्रिएको बताएका थिए।

युक्रेनी सैनिकसँगै नागरिक पनि हतियार बोकेर रुसी सेनासँग भिड्न सडकमा आएका छन्। हजारौं युक्रेनी नागरिक देश छोडेर छिमेकी देश पोल्यान्ड, रोमानियातर्फ लागेका छन्।
थप सामग्री : https://www.kchhakhabar.com/news

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]