सप्तरी – संरक्षित तथा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जना पक्राउ परेका छन् ।
अवैध रुपमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले काठमाडौं गोकर्णेश्वर नारायणटारस्थित जुम क्याफे एण्ड ब्यांकेटबाट उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्ग घर भएका ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीया केशर बहादुर मगर रहेका छन् ।
उनीहरुलाई महाशाखाको टोलीले बिहीवार बिहान साँढे ११ बजे पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ