सप्तरी – कैलालीको गोदावरी नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका- २ अत्तरिया बस्ने १५ वर्षीया छात्रा खेमा खड्काको पानीमा डुबेर मृत्यु भएको हो ।
स्थानीय दुर्गालक्ष्मी मावि अत्तरियामा अध्ययनर छात्रा विद्यालयको पोसाकसहित नदीमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको हो ।
साथीसँग नुहाउन गएकी उनको गोदावरीको काठेपुल मुनीको तलाउमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले बताए । मृतक खड्काको शव अनुसन्धानका लागि अत्तरियाको पद्मा अस्पतालमा राखिएको थियो ।
पोष्टमार्टमका लागि त्यहाँबाट सेती प्रादेशीक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।