सप्तरी – शुक्रबार रुपन्देहीमा स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । रुपन्दहेीको सम्मरीमाई गाउँपालिका–६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।
सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित पक्राउ गरेको हो मोटरसाइकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको बोराको झोला र निजको शरीर समेत खान तलासी गर्ने क्रममा पाँच सय र एक हजारका बिटा बनाई ल्याएको अवस्थामा फेला पारी सोधपुछ गर्दा रकमको स्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।
थापाका अनुसार गुप्ताको साथबाट पाँच सयको २६०२ वटा (१३ लाख १ हजार), हजारको १०९९ वटा (१० लाख ९९ हजार) बरामद भएको हो । मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि गुप्तालाई बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।