सप्तरी – युक्रेनको राजधानी किएभमा मंगलवार रुसले गरेको आक्रमणमा दुईजनाको मृत्यु भएको छ ।
एक अपार्टमेन्ट भवनमा आक्रमण गरिएको त्यहाँको आपतकालीन सेवाले जनाएको छ ।
बिहानीपख किएभका विभिन्न स्थानमा विशाल विस्फोटका आवाज सुनिएका थिए । त्यसक्रममा १५ तल्ले एक भवनमा आक्रमण भएको हो ।
विस्फोटका कारण थर्किएर सबवे स्टेसनको प्रवेशद्वारमा पनि क्षति पुगेको छ । त्यसलाई बमबाट बच्ने शेल्टरको रूपमा उपयोग गरिँदै आएको छ ।
उक्त स्टेसनको संरचना भत्किएकाले त्यहाँ अब ट्रेन रोकिने सम्भावना छैन ।
किएभमा केही समय शान्त वातावरण भए पनि हालैका दिनमा शहरको बाहिरी भागमा लडाइँ चर्केको छ ।