सप्तरी – सरकारी छाप कीर्ते गर्ने कार्यमा संलग्न गिरोहका १२ जना पक्राउ परेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीहरूलाई मंगलवार साँझ पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी कार्यालय कालीमाटीबाट विशेष प्रहरी टोलीले उनीहरू विभिन्न ठाउँबाट पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट विभिन्न सामानहरू बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यी हुन् पक्राउ परेका व्यक्तिः
-रोल्पा माडी–१ घर भई हाल गोंगबु, मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा ।
-रोल्पा माडी–४ घर भई हाल गोंगबु, मिलन टोल बस्ने वर्ष २४ को प्रज्वल खड्का ।
-बागलुङको बागलुङ–८ घर भई हाल सामाखुशी बस्ने वर्ष ३० को रञ्जित कार्की ।
-म्याग्दी बेनि–५ घर भई हाल मनमैजु, बालाजु बस्ने वर्ष ३३ को रामजी परियार ।
-ललितपुर महांकाल–३ घर भई हाल गोंगबु, नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई ।
-पाल्पा पूर्वखोला–५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जीवनकुमार श्रेष्ठ ।
-रामेछाप गागल–८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर ।
-ललितपुर महाकाल–२ घर भई हाल मानिखेल बस्ने वर्ष रमेश बजगाई ।
-काभ्रेपलाञ्चोक कटुन्जेबेशी–४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दीप मैनाली ।
-सिन्धुली दुधौली–६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर ।
-दैलेख आठबीस–३ घर भई हाल सिनामङ्गल बस्ने वर्ष २२ को निरञ्जन तिवारी ।
-धादिङ थाक्रे–४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङ् ।
बरामद भएका सामानहरू:
-मोबाइल थान- १४ ।
-विभिन्न सरकारी एवम् निजी छाप थान- १० ।
-कन्सुलर विभागको छाप थान- १ ।
-राष्ट्रिय परीक्षा बोर्डको छाप थान- १ ।
-परीक्षा नियन्त्रण कार्यालयको छाप थान- १ ।
-तारानाथ एसोसियट्स रजिस्टर्ट अडिटरको छाप थान- १ ।
-नेपालय एजुकेसन एफ.एस. स्कुलको छाप थान- १ ।
-वडाअध्यक्षको छाप थान- १ ।
-कृष्णप्रसाद शर्माको सहीछापको छाप थान- १ ।
-किमराज बरालके सहीछापको छाप थान- १ ।
-होटेल माउन्टेन प्रा.लि. को छाप थान- १ ।
-देवल माध्यमिक विद्यालय, डडेलधुराको छाप थान- १ ।
कीर्ते गरिएका विभिन्न सरकारी कागजपत्रहरू:
-प्रहरी चारित्रिक प्रमाणापत्र थान-३ ।
-भ्याक्सिन प्रमाणीकरण कार्ड थान–१
-इ–पार्सपोर्ट आवेदन फाराम थान-५