एजेन्सी – न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।
त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् । अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो ।
स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी पदए ।