सप्तरी – डेल्धुराको अमरगढी नगरपालिकाको वडा– ३ आइतमा पहिलो पटक सुन्तला र जुनार प्रशोधन उद्योग स्थापना गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख र व्यक्तिगत ५० लाख गरी १ करोड रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको हो । प्रशोधन उद्योगमा सुन्तला, जुनारको जुस उत्पादन गरिने कृषि ज्ञानकेन्द्र डडेल्धुराका सूचना अधिकारी भक्तबहादुर पानले बताए ।‘यो प्रशोधन केन्द्र गत आर्थिक वर्षमै सञ्चालनमा आउनुपर्ने भए पनि कोरोनाका केही समय ढिलो भएको हो । अबको एक महिनाभित्रै सञ्चालनमा ल्याइनेछ’, पानले भने ।
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका जुनार, सुन्तला उत्पादक किसानलाई सहज हुनेछ ।
जुनार सुन्तला उत्पादनका लागि पकेट क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाका किसानले प्रशोधन केन्द्र अभावले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था थियो ।