एजेन्सी – मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।
कर्णालीले आइतबारको उद्घाटनमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गरेको हो ।
९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि मनीषा चाधरीले सर्वाधिक ९ रनको योगदान दिइन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णालीका लागि एन्जिला थापाले ३, श्रिमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले २–२ तथा विना थापाले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएको थियो ।
कर्णालीका लागि किरण कुँवरले सर्वाधिक २५ योगदान दिँदा तिर्सना विश्वकर्माले १२ रन जोडिन् ।
सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन् ।