सप्तरी – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित ४ नेता चीन प्रस्थान गरेका छन् ।
उपाध्यक्ष पौडेल सहित एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल सोमवार बिहान चीन गएका हुन् ।
प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्सचेञ्ज’ कार्यक्रममा भाग लिने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको रिजालले जानकारी दिए ।