सप्तरी – राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतको चौथो संस्करण चैत्र ७ गतेबाट राजबिराजमा संचालन हुने बएको छ ।
राजबिराज स्थीत राजरंगशालामा हुने उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडिहरुले सहभागिता जनाउने गरेका छन । जस अन्र्तगत गत बर्ष राष्ट्रिय टोलिका दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ सेख, अनिल साह, पवन सराफ, बसन्त रेग्मी, राशिद खान, सिद्धान्त लोहनी, लोकेश बम, महवुव आलम, बिवेक यादव, सुनिल धमला लगायतको सहभागिता रहेको थियो । यस सिजन समेत राष्ट्रिय खेलाडिहरुले सहभागिताका लागि आवेदन दिएता पनी नेपाली राष्ट्रिय टोलिको ब्यस्त तालिकाले गर्दा उपलब्ध खेलाडिहरुलाई नै समावेश गरेर चौथो संस्करणको आयोजना गर्ने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी गराउनु भएको छ ।
राजबिराज नगरपालिकाको मुख्य आयोजनामा हुने यस प्रतियोगितामा यस बर्ष ५ टोलिले सहभागिता जनाउने तथा टोलि अक्सनबाट हुने भएकोले अक्सन चैत्र २ गते हुने जानकारी प्रतियोगिता निर्देशक रोशन मण्डलले जानकारी गराउनु भएको छ । तेश्रो सिजनको उपाधि बिवेक यादव कप्तान रहेको बजाज खडक वारिर्यसले हात पारेका थिए भने कुशल भुर्तेल कप्तानी रहेको रुपनी रायर्डस उपबिजेतामा सिमित रहेको थियो ।
हाल सम्म १ सय ६० जना भन्दा बढि खेलाडिले नाम दर्ता गराई सकेका छन । सहभागि फ्रेन्चाइजि टोलिले आफनो टोलिमा ५ जना जिल्ला बाहिरका खेलाडि राख्न पाउने तथा पाचै जनालाई अन्तिम ११ मा खेलाउन सकिने नियम रहेको छ । कुल १६ जनाको टोलि रहने प्रत्येक टिमको मार्कि खेलाडि तथा टिम प्रशिक्षकको चयन समेत गरिनेछ ।
प्रतियोगितालाई यस बर्ष गत बर्ष भन्दा आर्कषक बनाउन संघ मिहिनत गरिरहेको छ । खेलाडि दर्ता चैत्र ३० गते सम्म खुलला रहेको तथा प्रतियोगिताको बिजेताले गत बर्ष झै ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार पाउने संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराए ।