१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

काठमाडौं – नेपालका चर्चित उद्योगी विनोद चौधरीले स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चालेको आर्थिक विकासका कदमहरु महत्वपूर्ण रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका स्वर्गीय कोइरालाको १२औँ स्मृती दिवसमा श्रद्धान्जली व्यक्त गर्दै चौधरीले सो कुरा बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता चौधरीले २०४८ सालमा कोइराला नेतृत्वको सरकारले चालेको कदम नै आर्थिक विकासका लागि ऐतिहासिक महत्व रहेको बताए ।

त्यसैगरी गिरिजाबाबुले बनाएको आर्थिक सुधारको जगलाई अहिलेको समयमा अर्को तहमा पुर्याउनुपर्नेमा चौधरीको जोड रहेका छ ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपालको आर्थिक विकासका लागि २०४८सालमा गिरिजाबाबुको सरकारले चालेका कदम ऐतिहासिक महत्वका छन् । उहाले बनाउनुभएको आर्थिक सुधारको जगलाई अहिले अर्को तहमा पर्‍याउन जरुरी छ । आर्थिक सुधार र शान्तिप्रक्रियाका नायक दुरदर्शी नेता गिरिजाबाबुप्रति १२औं पुण्य तिथिको अवसरमा भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’

२०६६ साल चैत ७ गते कोइरालाको निधन भएको थियो । स्वर्गीय कोइरालाको स्मृतीमा आज देशभर विभिन्न कार्यक्रमहरु गरिँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]