११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

काठमाडौं – नेपाल धितोपत्र बोर्डले मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ (ब्रोकर नं ११) लाई कारबाही गरेको छ ।

लगानीकर्ताको अनुमति बिना नै उनीहरुको खातामा रहेको सेयर बिक्री गर्नुका साथै सेयर किनेको बक्यौता रकममा चर्को ब्याजदर असुलेको भन्दै लगानीकर्ताले केहि समय अगाडि ब्रोकरविरुद्धउजुरी दिएको थियो।

लगानीकर्ताहरुको उजुरी आएसँगै बोर्ड सुपरिवेक्षण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको अनुसन्धानबाट ब्रोकर नं. ११ दोषी ठहरिएसँगै धितोपत्र ऐन, २०६३ को दफा १०१ उपदफा ६ बमोजिम सेबोन सञ्चालक समितिले कारबाही गर्ने निर्णय गरेको हो।

धितोपत्र कारोबारपुर्व ग्राहकसँग कारोबार सम्झौता गर्नुपर्ने र सम्झौतामा उल्लेख भएबमोजिम मात्रै रकम लिनुपर्नेमा आफूखुसी १३ देखि १८ प्रतिशतसम्म व्याज असुल गरेको देखिएकोले ७५ हजार जरिवाना गरिएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]