सप्तरी – मंगलबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६६ पैसा पुगेको छ। यसको बिक्रीदर ९० रुपैयाँ १० पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७९ पैसा पुगेको छ।
त्यस्तै, मंगलबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा कायम छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ८९ पैसा र बिक्रीदर २९ रुपैयाँ ३ पैसा पुगेको छ। युएई दिराम एमको खरिददर ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर बढेर ३९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर दुई रुपैयाँले बढेर ३२२ रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२३ रुपैयाँ ८५ पैसा पुगेको छ।